शहर बजार तिर एकादेशको कथामा मात्र सुनिने ढिकिको अनुभव कर्णालीको एक खम्बे पुल यानी चिसापानी बाट कारीब ४ घण्टाको पैदाल उकालो चडेपछी गर्न पाईयो । घरबाट केही माथि कांल्लाका घासहरू पन्छाउदै उक्लिएपछी ढुङ्गाले बनेको ओडार मुनीको यो द्रिस्य सच्चै मनमोहक थियो ।

त्यही पाखा पर्वतहरूमा दस नङ्रा खियाएर उब्जाईेएका अन्नहरू यही ढिकिमा कुटेर बनाईेएको पिठोको मिठो परीकारहरू त्यो चिसो ठन्डिमा छिटो छिटो खांदाको प्राकृतिक स्वादको अनुभब हामी एक दिनका पाउनाहरूकालागी स्वार्गिय आभास दिलाउने गरिको थियो भने, ति खाना पस्कन्दै गरेका ठेला उठेका हातहरू आफ्नो पिडालाई भुलेर अतिथी सत्कारमा ब्यस्त थिए ।