“ग्यास्टिक” मेरो अनुभव र निधान

अकस्मात बिरामी पर्दा परिवारको करकापलाई छाडेर हेर्दा करिव डेढ दशक भयो होला मैले अस्पातलको औषधी सेवन नगरेको । झार जङ्गल तथा जडिबुटी माथि विश्वाश राख्ने म केटाकेटी देखिनै आमाले चिनाएका जडिबुटी अनी बुढापाका तथा बिभिन्न पत्र पत्रीकामार्फत उपलब्ध जानकारीलाई मनन गर्नेगर्थे । आजभोलि पनि उपलब्ध भएसम्मका घरयासी जडिबुटिलाई प्राथमिकतामा राख्ने गरेकोछु । मेरा साथीहरू भन्नु हुन्छ मेरो घरमा अजिब स्वादको हराभरा चिया खान पाउछ । खासमा त्यो अजिब लाग्नुको कारण वहाँहरूको आदत र पहिलो पटकको अनुभव हुन सक्छ । चिया नाममा जुन स्वाद लिदै आउनुभएको थियो त्यो भन्दा भिन्न भएर पनि अजिव लागेको हुन सक्छ । मैले पिउने चियामा चियारङ्ग नभएर अन्य बिबिध कुराको समिश्रण हुनेगर्दछ ।यहाँ उठाउन खोजेको बिषय थियो ग्यास्टिकको । ग्यटिक बाट अछुत रहेको घर शायदै होला । सबैमा नभएता पनि घरका कसैन कसै सङ्ग भने ग्यास्टिकले मधुर सम्बन्ध जोडेकै छ । कसै कसै सँगको सम्बन्ध त प्रगड भन्दा उच्चकोटिकोनै होला । मेरो घरले पनि ग्याटिकको प्रस्तवलाई धेरै समय सम्म अस्विकर गर्न सकेन । आले टाले गर्दै, अंकनाउदा अंकनाउदै पनि अन्तत: ग्याटिकको प्रेममा चुर्लुम्मै डुबिन मेरी जाहान । आफ्नी जाहान यसरी अरुको प्रेम मा चुर्लुम्म डुबेपछी त सँगै बसेर मिठो मसिनो बाढीचुडी खाने त सपना मात्रा हुने रहेछ । प्रेममा परेकी उनिको कहिले छाती दुख्छ, कहिले मुटु । कहिले यता, कहिले उता । मिल्ने भए समाज राखेर डाँडा कटाउन हुन्थ्यो, तर बिडम्बना सारा समाजलाईनै मोहित पारीसकेको हुनाले नै होला शायद, “ग्यास्टिक त हाम्रो खान्दानी रोग हो । ” “ग्यास्टिक नहुने नि कोही हुन्छ ?” जस्ता प्रती प्रश्न यत्र तत्र भेटिन्छन् ।मैले सुरुवातमा कुरा गरेथे कि म केटाकेटी देखिनै झार जङ्गल प्रती मोहित बाबुरो । बच्पनमा आमा तथा बुढापाकाले दिएका मन्त्र, बिभिन्न पत्रपत्रिक बाट घोकेका स्लोक र अहिले अन्लाईन मा छरपस्ट भेटिने भजनहरूलाई एकिक्रित गरी आएको जोखनालाई खल ठटाउदै गर्दा उत्पन्न “पर्साद” बाट मेरी जाहानको ग्यास्टिकको गाठो खुकुलो भएको र घर परिवार प्रती मन फर्किएको भान भएकोछ । मुला, पिप्ला, दालचिनी, कालो नून लगायत झन्डै ९-१० थरिका भेराईटी भाकल गरी अर्पण गरे पस्चात यो कृपाद्रिस्टी बक्स भएकोछ ।आदरणिय मित्रहरू:यदी हजुरहरूको घरमा पनि कोही यस पापी प्रेमीको नाजायज सम्बन्धमा फस्नु भएकोछ र न्यायकालागी बिभिन्न डाक्टर तथा बैध्यका अड्डा धाउदै हुनुहुन्छ भने म बाबुरोको यो अनुभब तपाईं पनि प्रयोग गरी हेर्न सक्नुहुन्छ । स्मरण रहोस् म यस न्यायिक युद्दको लाईसन्सधारी वकिल भने हैन । के कस्तो हुँ बताई सके । तसर्थ वस्तबिक पीडितले केही आशा र भरोसा लिएर संपर्क गर्नुहुन्छ भने हजुरहरूलाई निराशा नपारिकन निशुल्क रूपमा सेवा उपलब्ध गराउने निर्णय गरेकोछु ।- चाणक्य चेलो ।।