3 Month project

Training

05/03/2080 – 15/03/2080

Physical training

Inside Kathmandu Valley

Online training

Via Google Meet

हाल नेपालमा आर्थिक मन्दिका कारण सबै प्रकारका व्यापार ब्याबसायमा ठूलो झट्का लागेको छ ।
यसबिच स – साना व्यापार ब्याबसायहरूमा त झै बोनि नै नगरी बन्द गर्नु पर्ने धेरै दिन देखिएका छन ।
यसैबिच
नेपालमा पनि अनलाईन टेक्नोलोजी द्रुतगतिमा अघि बढिरहेको छ । हामी आफै सामान्य कुरापनि अनलाईन मा खोज्न थालिसकेका छौ ।
त्यसैले
हामिले एक यस्तो विशेष प्रोजेक्ट ल्याएका छौ जसमा पसल त छ तर ग्राहक छैनन भनेर चिन्तित ब्याबसायी हरुलाई डिजिटल गराई बैकल्पिक सेल्सको माध्यम उपलब्ध हुनेछ ।
साथै
पसलमा सामन नै छैन भन्नेहरूलाई पनि सामन मा लगानी गरेबिना नै ३,५०० भन्दा धेरै भेराईटी अनलाईन मार्फत बेची मुनाफा लिन सक्ने प्लाटफर्म प्रदान गर्दै छौ ।

यस प्रोजेक्ट लाई पहिलो चरणमा यहि श्रावण १५ गते बाट ३ महिनाका लागि देशभर लन्च गरिनेछ ।
यो ३ महिनाको अनुभव र ग्राहकको प्रतिकृयालाई मध्यनजर गर्दै प्रोजेक्टलाई अप्डेट गरेर अझ प्रभावकारी ढङ्गबाट निरन्तर संचालन गर्दै लगिनेछ ।

यस प्रोजेक्टलाई प्रभावकारी रुपमा सम्पुर्ण व्यापार ब्याबसायी माझ पुर्याउनका लागी हामिले १० + ९० दिनका लागि कर्मचारी माग गरेका छौ ।
जसमा पहिलो १० दिन प्रोजेक्टका बारेमा आवस्यक जानकारी प्रदान गरिनेछ ।
यसका साथै यस १० दिन सम्म आबेदकले आफ्नो कार्यदक्षताको प्रस्तुती दिदै एक सफल रिपोर्ट तयार गर्नेछन ।
यस १० दिनको तालिम अवधीबाट छनौट भएका हरूलाई अघिल्लो ९० दिनका लागि नियुक्ती गरिनेछ ।

९० दिन सम्म सफल रुपमा काम गर्नेहरूलाई आधिकारिक रुपमा सर्टिफिट तथा रू ९०,००० ( ९० दिनको ) पाश्रमिक भुक्तानी गरिनेछ । साथै यस ९० दिनको कार्यकालमा पनि उत्कृष्ट प्रस्तुती दिनेहरू बाट छनौट गरि लाईफटाईम करियरको अवसर पनि प्रदान गर्न सकिनेछ ।

तालिमका लागि कुनै पनि शुल्क लाग्नेछैन !
तथापी
काठमाडौं उपत्यका भित्र स्वयम् उपस्थित भई सहभागिता जनाई दैनिक रिपोर्ट  प्रदान गर्न सक्नेहरूले रू १०० फारम शुल्क, नागरिकता, फोटो र बायोडाटा बुझाउन पर्नेछ भने स्वम उपस्थित हुन नसक्ने र अनलाईन मार्फत तालिम तथा गाईडलाईन लिएर रिपोर्ट बुझाउन चाहनेहरूले रू १,००० फारम शुल्क नागरिकता फोटो र बायोडाटा बुझाउन पर्नेछ ।

१० दिन पुर्णरुपमा उपस्थित नभए, रेगुलर रिपोर्ट नबुझाए या दिएको टार्गेट पूरा नगरेको खण्डमा १० दिन पश्चात् रोजगारीमा राख्न कम्पनी बाध्य हुनेछैन ।
यस प्रोजेक्टलाई सजिलो अनलाईन प्रा.ली. द्वारा आधिकारिक रुपमा सन्चालन गरिनेछ ।

आबेदन दिन इच्छुकले sajilohrm@gmail.com मा आफ्नो बायोडाटा, फोटो र नागरिकता को स्क्यान कपि पठाउनुहोला ! साथमा रजिस्ट्रेसन फी भुक्तानी गरेको स्लिप या स्क्रीनसूट पनि सामेल गर्नुहोला । भुक्तानिका लागि सोही ईमेल आईडी लाई ईसेवा आईडीको रुपमा प्रयोग गर्नुहोला ! ईमेल गर्दा Subject मा Application For 3 Month Project भनेर स्पस्ट खुलाउनुहोला ।

Training

हामी कागजी डिग्रीलाई हैन, ब्याक्तिमा भएको क्षमतालाई प्रथमिकता दिनेछौ । तसर्थ, हामिकहा आउदा आफ्नो क्षमताको पहिचान गरि ईमान्दारिताका साथ मेहेनत गर्ने सोच बनाएर आउनुहोला । तपाईको मेहेनत को उचित कदर गरिनेछ ।
शुभकामना !