सप्तकोशि नदि चतराको नया पुल हुदै बराहछेत्रको बाटो विनोद जी को साथ

सप्तकोशि नदि चतराको नया पुल हुदै बराहछेत्रको बाटो विनोद जी को साथ

चतराको अहिले बनेको नया पुल जस्ले सुनसरी र उदयपुर लाई जोड्दछ ! जहा पानि जहाज को आनंद पनि लिन सकिने रहेछ ! धेरै समय अघि प्रिय मित्र बिनोद कुमार राना मगर को साथमा यूट्यूब भिडियो बनाउदै गएका थियौ ! अहिले झट्ट यी फोटोहरू देख्दा याद आयो !

त्यतिबेला हामि ले त्यहा पानिजहाज को आनंद लिदै पारि गएका थियौ जहा एक होटल बन्ने तयारी हुदै थियो ! सायद अहिले सम्म बनि पनि सक्यो होला ! आंतरिक तथा बाह्य पर्यटकका लागि एक दमै रमणिय स्थल साच्चिकै प्रक्रितिको आनंद लिन सकिंछ !

हामिले त्यो दिन सयद झरि बर्सा को पनि सामना गर्यौ ! बराहछेत्र मंदिर घुम्यौ ! अनि सोहि पुल पारिको रमणिय स्थान हुदै पर ( मलाई ठाउ को नाम अहिले झट्ट स्मरण मा आएन ) एक होटल मा बस्यौ ! संद्याकालिन द्रिस्य साचिकै मनमोहक थियो !

अ साच्चि ! भोली पल्ट बिहान चार बजे आस पास नै उठेर बारिको डिलमा क्यामरा तेर्सायेर बिनोद जी सुर्योदय को भिडियो आफ्नो क्यामरामा कैद गर्न चाहनु हुंथ्यो ! सयद त्यो दिन को मौसम ले हामिलाई साथ दिएन !

हामि उदयपुर जिल्लाका बेलटार, फत्तेपुर, अनि अन्य मैले नाम भुलेका थुप्रै ठाउ मा घुम्यौ ! बाईक मा घण्टौ सम्म चिसो हावा र धुलो मैलो को सामन गर्दै यात्रा गर्नु परेपनि बिनोद जी संग को यात्रा हमेशा सुमधुर हुने गर्दथ्यो ! एकैछिन हामि सुंसान भयौ भने विनोद जी को आफ्नो भाकामा “माछिले खाने खोलिको लेउ ………..” बोलको गीत को केहि हरफ सुरु हुंथ्यो ! तत्पस्चात फेरि बातचित ले नया रुप लिंथ्यो !

त्यतिबेला विनोदजी को NepOn TV नामक यूटूब च्यानल थियो ! राम्रो प्रतिक्रिया पाएको च्यानल दुर्भाग्यबस ह्याक हुन पुगेछ ! अहिले अझै धेरै दर्सक हरूको माया र सप्रोट सहितको नया च्यानल Nepal Today Tv मा बिनोदजीको लगन र मेहेनत स्पस्ट देख्न सकिंछ !



अन्य थुप्रै फोटो र भिडियोहरू हुन पर्ने हो ती दिनका ! सायद अन्य कुनै फोल्डरमा होलान ! कुनै बेला भेटिए म फेरि यसैमा अप्डेट गराउनेछु !

सुर्खेत को ढिकि

सुर्खेत को ढिकि

शहर बजार तिर एकादेशको कथामा मात्र सुनिने ढिकिको अनुभव कर्णालीको एक खम्बे पुल यानी चिसापानी बाट कारीब ४ घण्टाको पैदाल उकालो चडेपछी गर्न पाईयो । घरबाट केही माथि कांल्लाका घासहरू पन्छाउदै उक्लिएपछी ढुङ्गाले बनेको ओडार मुनीको यो द्रिस्य सच्चै मनमोहक थियो ।

त्यही पाखा पर्वतहरूमा दस नङ्रा खियाएर उब्जाईेएका अन्नहरू यही ढिकिमा कुटेर बनाईेएको पिठोको मिठो परीकारहरू त्यो चिसो ठन्डिमा छिटो छिटो खांदाको प्राकृतिक स्वादको अनुभब हामी एक दिनका पाउनाहरूकालागी स्वार्गिय आभास दिलाउने गरिको थियो भने, ति खाना पस्कन्दै गरेका ठेला उठेका हातहरू आफ्नो पिडालाई भुलेर अतिथी सत्कारमा ब्यस्त थिए ।