“ग्यास्टिक” मेरो अनुभव र निधान

अकस्मात बिरामी पर्दा परिवारको करकापलाई छाडेर हेर्दा करिव डेढ दशक भयो होला मैले अस्पातलको औषधी सेवन नगरेको । झार जङ्गल तथा जडिबुटी माथि विश्वाश राख्ने म केटाकेटी देखिनै आमाले चिनाएका जडिबुटी अनी बुढापाका तथा बिभिन्न पत्र पत्रीकामार्फत उपलब्ध जानकारीलाई मनन गर्नेगर्थे । आजभोलि पनि उपलब्ध भएसम्मका घरयासी जडिबुटिलाई प्राथमिकतामा राख्ने गरेकोछु । मेरा साथीहरू भन्नु हुन्छ मेरो घरमा अजिब स्वादको हराभरा चिया खान पाउछ । खासमा त्यो अजिब लाग्नुको कारण वहाँहरूको आदत र पहिलो पटकको अनुभव हुन सक्छ । चिया नाममा जुन स्वाद लिदै आउनुभएको थियो त्यो भन्दा भिन्न भएर पनि अजिव लागेको हुन सक्छ । मैले पिउने चियामा चियारङ्ग नभएर अन्य बिबिध कुराको समिश्रण हुनेगर्दछ ।यहाँ उठाउन खोजेको बिषय थियो ग्यास्टिकको । ग्यटिक बाट अछुत रहेको घर शायदै होला । सबैमा नभएता पनि घरका कसैन कसै सङ्ग भने ग्यास्टिकले मधुर सम्बन्ध जोडेकै छ । कसै कसै सँगको सम्बन्ध त प्रगड भन्दा उच्चकोटिकोनै होला । मेरो घरले पनि ग्याटिकको प्रस्तवलाई धेरै समय सम्म अस्विकर गर्न सकेन । आले टाले गर्दै, अंकनाउदा अंकनाउदै पनि अन्तत: ग्याटिकको प्रेममा चुर्लुम्मै डुबिन मेरी जाहान । आफ्नी जाहान यसरी अरुको प्रेम मा चुर्लुम्म डुबेपछी त सँगै बसेर मिठो मसिनो बाढीचुडी खाने त सपना मात्रा हुने रहेछ । प्रेममा परेकी उनिको कहिले छाती दुख्छ, कहिले मुटु । कहिले यता, कहिले उता । मिल्ने भए समाज राखेर डाँडा कटाउन हुन्थ्यो, तर बिडम्बना सारा समाजलाईनै मोहित पारीसकेको हुनाले नै होला शायद, “ग्यास्टिक त हाम्रो खान्दानी रोग हो । ” “ग्यास्टिक नहुने नि कोही हुन्छ ?” जस्ता प्रती प्रश्न यत्र तत्र भेटिन्छन् ।मैले सुरुवातमा कुरा गरेथे कि म केटाकेटी देखिनै झार जङ्गल प्रती मोहित बाबुरो । बच्पनमा आमा तथा बुढापाकाले दिएका मन्त्र, बिभिन्न पत्रपत्रिक बाट घोकेका स्लोक र अहिले अन्लाईन मा छरपस्ट भेटिने भजनहरूलाई एकिक्रित गरी आएको जोखनालाई खल ठटाउदै गर्दा उत्पन्न “पर्साद” बाट मेरी जाहानको ग्यास्टिकको गाठो खुकुलो भएको र घर परिवार प्रती मन फर्किएको भान भएकोछ । मुला, पिप्ला, दालचिनी, कालो नून लगायत झन्डै ९-१० थरिका भेराईटी भाकल गरी अर्पण गरे पस्चात यो कृपाद्रिस्टी बक्स भएकोछ ।आदरणिय मित्रहरू:यदी हजुरहरूको घरमा पनि कोही यस पापी प्रेमीको नाजायज सम्बन्धमा फस्नु भएकोछ र न्यायकालागी बिभिन्न डाक्टर तथा बैध्यका अड्डा धाउदै हुनुहुन्छ भने म बाबुरोको यो अनुभब तपाईं पनि प्रयोग गरी हेर्न सक्नुहुन्छ । स्मरण रहोस् म यस न्यायिक युद्दको लाईसन्सधारी वकिल भने हैन । के कस्तो हुँ बताई सके । तसर्थ वस्तबिक पीडितले केही आशा र भरोसा लिएर संपर्क गर्नुहुन्छ भने हजुरहरूलाई निराशा नपारिकन निशुल्क रूपमा सेवा उपलब्ध गराउने निर्णय गरेकोछु ।- चाणक्य चेलो ।।

THE POWER OF HUNDRED – THE WAY OF SELF EMPLOYMENT INVESTING JUST RS 100

Unity Is Power त हर कसैलाई कण्ठस्तै छ । उदाहरण हजुरलाईनै ज्यादा आउछन त्यसैले देउसुरे भन्न लगाईन । Power Of Hundred पनि Power Of Unity नै हो एक हिसाब ले, तर Unity मा असंख्यक ब्याक्ती रहन पाए भने Hundred मा सिर्फ 100 को कुरा गर्दैछु ! न त उनान्सय न त एक सय एक ।

यहा कुनै मोर्चा खडा गर्ने या कुनै दलबल बनाउने Unity को कुरा भने दूर दूर सम्म हुनेछैन । कुरा चल्दैछ Idea को , बेरोजगारी बाट स्वबलम्बी बन्ने बाटोको ।

हामी हर कसैको दिमागमा १०१ Idea हरू छन । छोईलाको सितन सङ्गै छल्किएका मदिरे मगज होस या कोईलाको तापमा तताईएको थोतिबजैको बाटैको मकैको पालो पर्खिएर बसेका सज्जनको भिडमा , आईडियाको ओईरोछ सर्बत्र ।

चाए दारी ग्रूप होस या नारी नगरी,
आईडियाको बीउ मात्र छर्कनुस, बिरुवा उमारी फूलाई फलाई अन्नभण्डार गरिदिन्छन । तब के गरिस या केही गरौको प्रस्तावना पोख्नुस, क्षणभरमै १०१ आईडिया तहसनहस गराउने १००१ बहाना छल्किनेछन । जसमध्ये तपाईंको पनि पनि दिमागमक डेरा जमाई बसेको हुन सक्ने २ थान Mutual बाहाना : एक पैसा छैन र अर्को कसैको साथ छैन ।

तर तपाईंमा केही गर्ने जोस, जागर र चाहाना छ भने बाहाना लाई अन्तै पाखा लगाएर सोसियल मिडिया र अन्लाईन अर्निङ्ग मा आँखा लगाउनुस र रवाना हुनुस The Power Of Hundred तर्फ ।

ट्राई नगरेको कहाँ हो र भएन
वेबसाइट छ भिजिटर्स छैनन
यूट्यूब छ मनिटाईज त कता हो कता सब्स्क्राईबर समेत बढ्दैनन
यहि हो समस्या ?
कि के कसरी सुरू गर्ने आईडियै छैन ?

ए बाब्बा
वेबसाईट बनाएर मात्र हुदैन, चलाउन पनि पर्छ
भिजिटर्स आउदैनन, ल्याउन पर्छ
मनिटाईज गराउन पर्छ, सब्स्क्राईब बढाउन पर्छ । एक दिन क्यास विथड्र गर्न लाई महिनौ को मेहेनत हुन जरुरी हुन्छ । त्यो पनि सहि ठाउँ मा सहि ढङ्गबाट !

जे होस
यी सबै कुरा लाई एउटा फोल्डरमा सु-ब्याबस्थित ढङ्गले सजाई Shift +Delete पछि Enter हान्दिनुस ।
खेलै खत्तम ! त्यसपछी F5 गरेर आउनुस ! स्वागत छ तपाईलाई मेरो The Power Of Hundred को प्लानमा ।

प्लान के हो ?

हेर्नुस,
म परमपुज्य गुरुजी श्री आचार्य “चाणक्य” जी को शिस्य हु । जन्मले ब्राह्मण कुलमा जन्मेता पनि कर्मले वैश्य स्विकार्दछु । तसर्थ व्यापार मेरो धर्म हो । बुज्रुककरूको कथन छ कि हरेक सफल पुरुसको पछाडी नारी को हात हुन्छ । यसमा कति सत्यता होला नहोला दैव जानुन । तर हरेक ब्याबसायिको सफलताको पछाडी उसको ब्याबसायिक रणनिती यानी बिज्नेस प्लानको उच्चस्तरीय भूमिका रहन्छ । एक बिज्नेसमेनका लागि बिज्नेस प्लान उसकी बेगम जस्तै हो । अव यो कुरा त हजुरहरूलाई अवगतै छ कि बेगम हमेशा बुर्कामा नै सुन्दर र सुरक्षीत रहन्छिन !

काम को कुरो गरौ
गुरु ‘देबकोटा’को जस्तै मेरो पनि आफ्नै माकुराजाले मगजछ । जसरी बुनु आफ्नै जाल । यो जाललाई फेवाताल झै विशाल बनाउनका लागि हाललाई एक सय जनाको कमालको टिम बनाउने सोचेको छु । जसले चाहे भने धमाल अवस्य गर्न सक्नेछन । यसबाट तपाईं मालामाल हुने आस्वसन भने म भुलेर पनि दिन सक्दिन , तर गोलमाल पनि कदम कदाचित हुन दिने छैन !

तसर्थ
यसै बरालिएर टाईमपास गर्नुको साटोमा डिजिटल मार्केट को बाटोमा, अन्लाईन अर्निङ्ग को पाटोमा आउनुस एक निस्चित गन्तब्यलाई टार्गेट गरि अघि बढौ, नेतृत्व म गर्नेछु ।

मैले पहिला नै प्रस्ट्याई सके कि म व्यापारी हु । बिना मुनाफाको ब्याबसाय सुरु गरे पाप लाग्न सक्छ । तसर्थ सय मा सामेल हुन १०० रुपया गुरु दक्षिणा भन्नुस या अन्य शुल्क, जे नाम दिनुस तर रू १०० दिनुस !

तत्पश्चात
१०० दिन सम्म म तपाईं लाई गाईड गर्नेछु ! दैनिक करिव १०० मिनेट समय भने तपाईंहरूले भविस्यको लागि सम्झेर लगानी गर्नुपर्नेछ !

कसैको दिमागमा यतिबेला १००*१००=१०,००० को हो हिसाब दौडिन थाल्यो र फेक हो, कमाई खाने बाटो, स्केम जस्ता प्रेरणादायी कमेन्ट गर्ने रहर जागेर आएको भए एत्रैसित्ती । १०० रुपयामा १०० दिन सम्म दैनिक १०० मिनिट ट्यूसन पढाउनु, त्यो पनि रियल लाईफ स्वभलम्भी बनौ, अन्लाईन अर्निङ्ग को आधारस्तम्भ खडा गरौ, मिलेर अघि बढौ भन्दा फेक लाग्नेलाई हार्दिक श्रद्धाञ्जली !

मिलेर काम गरौ, १०० दिन मा १०० जना मिलेर काम गर्दा के थाह १०० दिन पछि १०० करोड कमाउन सकिने आधार स्तम्भ पनि त बन्न सक्छ !
गए के जान्छ ? जुन यत्तिकै फोक्कड मा दैनिक गैत रहेकोछ ।

दुरदर्शि भिजनका साथ एक पक्का अवधारणा हो । साझ बिहान बाटो छेउ मा भेटिने भक्का जस्तो तात्तातै खाउ, जलि मरौ भन्ने हरूका लागि यहाँ कुनै खास चटनी नभेटिन सक्छ । धैर्यधारण र ईमानदारीताका साथ उल्लेखनिय मेहेनत गर्नेहरूको मात्र नैया पार हुन सक्छ , अन्याथा माझी जति नै टेक्निकल भएता पनि टाईटानिक को अन्तत खाईमै मै !

अन्ततः
इच्छुकले यथाशीघ्र सम्पर्क गर्नुहोला । स्थान १०० को लागि मात्र रहेकोछ । कम्प्युटर तथा ईन्टरनेट सम्बन्धी एटलिस्ट बेसिक नलेज हुन अपरिहार्य रहेकोछ । राम्रो चल्ने मोबाईलका साथमा ईन्टरनेट हुनै पर्नेछ । कम्प्यूटर / ल्यापटप / वाईफाई भए सुनमा सुगन्ध !

१०० दिनको बिचमा कसैलाई ठिक नलागे निस्संदेह भनुहोला, हजुरको रू १०० स-धन्यवाद फिर्ता गरिनेछ ।

१०० दिन बिचमा दिएको टास्क पूरा नगर्ने , समय नदिने, टिममा असहज महसुस गर्ने / गराउने , बेमतलवी या काममा बधा झल्कने कार्यकलाप कसैबाट भएको खण्डमा बिना धन्यवाद १०० मात्र फिर्ता गरि टिम बाट अलग गराईनेछ !

१०० दिन भित्र गरिने कार्य ब्याबस्थापन को खर्च तथा गरिएका काम बाट हुन सक्ने प्रत्यक्ष या अप्रतक्ष फाईदा / बेफाईदा मेरो रहनेछ । पूरा १०० दिन इमान्दारी तथा मेहेनती ढंगबाट साथमा रहने कर्मठ ब्याक्तित्वलाई मात्र १०० दिन पश्चातको योजनामा सामेल गराईनेछ ।

मेरा गन्थन ध्यानपुर्वक पढिदिनु भएकोमा हार्दिक धन्यवाद !

र दिलबाटै शेयर गरि साथ दिनुहुने विशाल हृदयका धनि तपाईंलाई प्रेमपुर्वक आभार !

मलाई व्हाट्स एप मार्फत सिधा सम्पर्क गर्न सक्नुहुन्छ !